बिहीबार, ६ वैशाख २०८१

अटोमोटिभ क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्नुपर्छ

समयपोष्ट २०७३ भदौ १४ गते ३:३४

 गएको वर्ष नेपालले भूकम्प र नाकाबन्दी बेहोर्नुपर्यो । यसले अटोमोबाइल क्षेत्रलाई कत्तिको प्रभाव पार्यो ?
भूकम्पपछि अटोमोटिभ क्षेत्र एकदम खस्केर जाने हो कि भन्ने सोचेका थियौं । तर, भूकम्पभन्दा पनि ठूलो असर यो क्षेत्रलाई नाकाबन्दीले भएको थियो । आश्चर्य जनक रूपमा बजार परिवर्तन भएको छ । यसले नेपालको अर्थतन्त्रमा भित्रबाट केही न केही स्टेन्थ रहेछ । यसले गर्दा अटोमोटिभ क्षेत्र राम्ररी रिकभर भएको छ । यसले हामी नेपालीमा दुःखलाई बिर्सेर अगाडि बढ्ने सकारात्मक सोच रहेछ भन्ने पुस्ट्याइँ गर्छ । 
भनेपछि अटोमोटिभ क्षेत्र रिकभर भइसक्यो ?
हो, पूरै रिकभर भएर अझ राम्रो तरिकाले अगाडि बढिरहेको छ । यसका कारण पहिलो बैंकमा आएको तरलता हो । त्यसले गर्दा फोर ह्वीलरका लागि फाइनान्स एकदमै सजिलो भएको छ । टु ह्वीलरमा पनि फाइनान्स कम्पनी जस्तै इन्भेस्टमेन्ट, मर्चेन्ट कम्पनीहरूले पनि मोटरसाइकल फाइनान्स सुरु गरेका छन् । यसले पनि मोटरसाइकल मार्केट बढेको छ । यसबाहेक अहिले ७५ वटै जिल्लामा बाटो पुगिसकेको छ । यसले पनि अटोमोबाइलको बजारलाई बढाएको छ ।
तपाईंले वितरण गर्दै आएको बजाज मोटरसाइकलको अवस्था कस्तो छ ?
हामीले बिक्री–वितरण गर्दै आएको बजाज मोटरसाइकलको यो वर्ष राम्रो ग्रोथ भएको छ । मार्केट ग्रोथभन्दा पनि राम्रो छ । हामी नेपालको हरेक ठाउँमा पुग्न सफल भएका छौं । बजाजका हरेक मोटरसाइकल नेपालको बाटो सुहाउँदो छन् । बजाजको बिक्री अवस्था एकदम सन्तोषजनक छ । 
बजाजको एसेम्लिङ उद्योग खोल्ने प्रक्रिया अहिले कहाँ पुग्यो ?
यो अहिले अन्तिम चरणमा छ । सरकारसँग केही क्लियरिफिकेसन हामीले माग गरेका छौं । यो आउँदाबित्तिकै फुलफ्लेजमा यसको उत्पादन सुरु गर्छाैं । इन्फ्रास्ट्रक्चरलगायत सबै कुराको तयार भइसकेको छ । अब चाँडै नेपालीले नेपालमै बनेको मोटरसाइकल चढ्न पाउनेछन् ।
shekhar

Advertisement

तपाईंहरूले सवारीसाधनको भन्सार कम गर भन्न थालेको लामो समय भयो । यसमा तपाईंहरूले सरकारलाई  बुझाउन नसकेर पो हो कि ?
हामी कहिल्यै पनि राजस्व कम हुने सुझाव दिन चाहँदैनौं । हामी पनि जिम्मेवार नागरिकको हिसाबले राजस्व बढी नै उठाउनुपर्छ, भएन भने सकार चल्न सक्दैन । र, विकास निर्माणका काम हुन सक्दैनन् भन्ने मान्यता राख्छौं । तर, हाम्रो भनाइ के हो भने जुन हिसाबले अटोमोटिभ क्षेत्रमा क्रियाकलाप छन् । त्यो विश्वमै सबैभन्दा बढी छ । यसको मूल्य अलिकति कम भयो भने मध्यम वर्गीयले पनि एउटा मोटरसाइकल, गाडी किन्न सक्छ । त्यो भयो भने झन् राजस्व बढ्छ, घट्दैन । जति पनि इकनमिस्टले भन्ने एउटा कुरा के छ भने जब मोबिलिटी बढ्छ, अनि अर्थतन्त्रको गति पनि बढ्छ । मोबिलिटी बढाउनका लागि कि टेन, गाडी, बस हुनुपर्यो । मोबिलिटी बढ्दा यसले अर्थतन्त्रमा नयाँ तरंग लिएर आउँछ । हामीकहाँ ट्रेनको पूर्वाधार छैन, त्यसैले अटोमोटिभ्समै ध्यान दिनुपर्यो । यसको मार्केट बढाउन अर्फोटेबल हुनुपर्यो । अर्फोटेबल भयो भने बजार पनि बढ्छ र अर्थतन्त्रमा समावेशी प्रभाव पार्न सक्छ । जुम्लाजस्तो ठाउँ हिजो दुर्गम थियो, आज सुगम भएको छ । त्यहाँका किसान, शिक्षक, डाक्टरले आफ्नो सेवा प्रदान गरिरहेका छन् । कुनै सवारीसाधन भएन भने त्यो सेवा दिन सक्दैनन् । सवारीसाधनकै कारण जुम्ला आज राष्ट्रिय अर्थतन्त्रसँग जोडिन पाएको छ । सवारीसाधन सस्तो भयो भने झन बढी गतिशील रूपमा उनीहरू जोडिन पाउँछन् । त्यसैले अटोमोटिभ क्षेत्रलाई हेर्ने दृष्टिकोण बेग्लै हुन आवश्यक छ । तपाईंले भनेझैं हामीले भन्सारदर घटाउनका  लागि सरकारलाई बुझाउन सकेका छैनौ । यसकारण ठूलो राजस्व अटोमोटिभ क्षेत्रबाट आउँछ, त्यसैले त्यो रिक्स लिन कसैले चाहँदैन । अर्को कुरा काठमाडौंको ट्राफिक जाम हो । पञ्चायतकालमा नेपाल भनेको काठमाडौं हुन्थ्यो । अहिले त नेपाल भनेको ७५ वटै जिल्ला हो । सबै ठाउँमा विकास हुनुपर्छ । ट्राफिक समस्या त काठमाडौंमा मात्र हो । काठमाडौंलाई हेरेर केही नीति निर्माताले पूरै देशमा ट्राफिक जाम छ भन्ने सोचले गाडी बढी भयो । अझ बढी शुल्क बढाऊ भन्ने सोच छ, यो सोच देश विकासका लागि नकारात्मक सोच हो । 
भनेपछि काठमाडौंको ट्राफिक जाम हेरेर नीति बनाउँदा अटोमोटिभ विस्तार हुन पाएन ?
काठमाडौंको ट्राफिक हेरेर पूरै देशको नीति बनाइन्छ भने त्योभन्दा नकारात्मक कुरा केही हुन सक्दैन । किनभने यस्तो नीतिले गर्दा जुम्लाको किसानले मोटरसाइकल किनेर आफूले उत्पादन गरेको स्याउ मुख्य बजारसम्म लैजान नसक्ने भयो । हाम्रो भनाइ भनेको जति धेरै मान्छेले मोटरसाइकल गाडी चढ्न सक्छन् । अथतन्त्रको गति त्यसरी नै अगाडि बढछ । 
तपाईंको यो वर्षको बिजनेस योजना के छ ?
हाम्रो यो वर्षको योजना एकदम आक्रामक छ । एउटा एसेम्लिङ उद्योगको प्रक्रिया पूरा गर्छौं । यसबाहेक दुई÷तीन नयाँ मोडेल ल्याउँदै छौं । भर्खरमात्र एभेन्जरको नयाँ सिरज ल्यायौं । बजाज भी भन्ने नयाँ मोडेल लन्च गर्यौं । अहिले एउटा सिएसफोर भन्ने एकदम पावरफुल र युवाले रुचाउने मोटरसाइकल ल्याउँदै छौं । पल्सरमा पनि नयाँ मोडल आउँदै छन् । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री