शुक्रबार, १४ वैशाख २०८१

अरुण भ्यालीले १०.५२ प्रतिशत लाभांस बाड्ने

समयपोष्ट २०७४ भदौ १ गते ६:५२

अरुण भ्याली हार्इड्रोपावर कम्पनीले १०.५२ प्रतिशत लाभांस बाड्ने भएको छ । कम्पनीले गत आर्थिक बर्षको नाफाबाट लाभांस बाड्न लागेको हो । 

Advertisement

कम्पनीले गत बर्ष नाफा ५० प्रतिशतभन्दा बढिले बढाएर ८ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो। 

कम्पनीले नाफाबाट १० प्रतिशत बोनस सेयर दिने छ भने बाँकी कर प्रयोजनका लागि नगद लाभांस प्रस्ताव गरेको छ। 

कम्पनीले विद्युत बेचेर ५ करोड १६ लाख रुपैयाँ सहित १३ करोड रुपैयाँ खुद आम्दानी गरेको थियो । जसमध्ये कम्पनीको सञ्चालन खर्च एक करोड ७९ लाख रुपैयाँ थियो। 

कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ ।  कम्पनीको जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ। 

प्रतिक्रिया

सम्बन्धित सामाग्री