शनिबार, १५ वैशाख २०८१

रेनल्टका डस्टर र क्वीड सार्वजनिक

समयपोष्ट २०७३ भदौ १४ गते २:४९

फ्रान्सेली अटो कम्पनी रेनल्टले नेपालमा २ वटा गाडी पनि सार्वजनिक गरेको छ ।   विशाल ग्रुप अन्तरगतको एड्भान्स अटोमोबाइल्स प्रालिले रेनल्टका इन्ट्री लेभलको ह्याचब्याक क्वीड र एसयुभी डस्टरलाई एकसाथ सार्वजनिक गरेको हो ।

Advertisement

‘रेनल्ट क्वीड’ इन्ट्री लेभलको ८ सय सीसी क्षमताको ह्याचब्याक कार हो । स्पोर्टी लुक्सको क्वीडले यसअघि नै बजारमा कब्जा जमाएका कारहरुको बीच भिन्न पहिचान छाड्न सक्छ । आफ्नो इन्ट्री लेभल गाडी क्वीडमा सकेसम्म धेरै फिचर्स राख्न प्रयास गरेको छ । ड्राइभर सिटमा एयरब्याग, एयर कन्डिसनसहित सुन्दर आन्तरिक सजावटले यसलाई थप आकषिर्त बनाएको छ । इन्ट्री लेभलको कारक्वीडको फ्युल इफिसियन्सी उत्कृष्ट छ । यसले २५।१७ किलोमिटर प्रतिलिटरको माइलेज दिने कम्पनीको दावी छ । यसमा २८ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ । क्वीडको ग्राउण्ड क्लियरेन्स १८० एमएम छ भने बुट स्पेश ३०० लिटर क्षमताको छ । युरोप, ब्राजिल र भारतजस्ता बजारमा सफलता हासिल गरिसकेको क्वीडले चालक र यात्रुको सुरक्षाका सवै उपायहरु अपनाएको छ । ड्राइभर सिटमा रहेको एयरब्याग सुविधा यो क्लासमा रहेका अन्य कारको भन्दा फरक छ । रेनल्ट डस्टरको मूल्य १६ लाख ८९ हजार ९९० रुपैयाँ भन्दा माथि छ ।

रेनल्टको ‘डस्टर’ नेपाली बजारमा उत्रिएको नयाँ एसयुभी हो । यो गाडी डिजेल र पेट्रोल दुवै भर्सनमा उपलब्ध गराइएको छ । यसमा ड्युल टोन सफ्ट टच ड्यासबोर्ड, क्रिमसन ब्ल्याक इन्टेरियर, गन मेटल फिनिस एलोई ह््वील लगायत स्पेश फिचर्सहरु छन् । अटोमेटिक क्लाइमेट कन्ट्रोल, ड्युअल विंग्ड फ्रन्ट ग्रिल, हक आई क्लस्टर हेडल्याम्प, कायाक रुफ रेल्स लगायत विशेषता पनि यसमा छन् । डस्टरको डिजेल भर्सनमा १५ सय सिसी र पेट्रोल भर्सनमा १६ सय सिसीको इञ्जिन जोडिएको छ । यो विभिन्न ६ भेरियन्टमा उपलब्ध छ । डस्टर पेट्रोल भर्सन २ र डिजेल भर्सन ४ भेरियन्टमा उपलब्ध छन् । यसको स्मार्ट लुक्ससहित यसमा २१० एमएमको ग्राउन्ड क्लियरेन्स छ । गाडीमा वल्र्ड क्लास सेक्युरिटी फिचर्सहरु रहेको कम्पनीको दावी छ । यसको प्रारम्भिक मूल्य ३५ लाख ३३ हजार ९९० रुपैयाँ छ ।

सोमवार गाडी सार्वजनिक गर्दै रेनल्ट समूहका भारतीय उपमहादेशीय प्रमुख कार्यकारी अधिकृत तथा सुमित सहनीले सार्क क्षेत्रमा रेनल्टको लोकप्रियता बढ्ने क्रममा रहेको बताए ।‘नेपाली बजरामा पनि हामी प्रवेश गरेका छौं । अब भारतीय उपमहाद्विपमा रेनल्टको बजार झनै बलियो हुनेछ,’ सहनीले भने,’गुणस्तरीय र उत्कृष्ट उत्पादनका कारण नेपाली उपभोक्तामाझ परिचित हुन हामीलाई कठिन हुनेछैन ।’
कार्यक्रममा एड्भान्स अटोमोबाइल्स प्रालिका प्रवन्ध निर्देशक निकुञ्ज अग्रवालले विश्वभरि चर्चित बनेको अटो ब्राण्ड रेनल्टलाई नेपाल भित्र्याउन पाएकोमा खुशी व्यक्त गरे । उनले कम्पनीले नेपाली अटो क्षेत्रमा प्रभाव छाड्नका लागि स्पष्ट रणनीतिका साथ काम गर्ने पनि बताए । अटो शोको पूर्वसन्ध्यामा सार्वजनिक भएका दुबै गाडीले पनि नेपाली ग्राहकको मन जित्ने उनको विश्वास छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री