शनिबार, ८ वैशाख २०८१

सिद्धार्थ बैंकको हकप्रदमा नविकेको सेयर भदौ ६ देखि लिलामीमा

समयपोष्ट २०७४ साउन ३१ गते ७:०५

सिद्धार्थ बैंकले हकप्रदमा नविकेको सेयर भदौ ६ गतेदेखि बिक्री खुल्ला गरेको छ । बैंकले हकप्रदमा नविकेको २ लाख ५३ हजार ९२१ कित्ता सेयर बिक्री खुल्ला गरेको हो । बैंकले साधारण समूहतर्फको २ लाख ४० हजार ३७१ कित्ता तथा संस्थापक समूहतर्फको १३ हजार ५५० कित्तासेयर बिक्रीकाे लागि राखेकाे छ।

Advertisement

हकप्रदमा नविकेको सेयरमा लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँबाट बोलकबोल गर्न पाउने विक्री प्रवन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

बैंकले गत जेठ २५ देखि असार २८ सम्म चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद जारी गरेको थियो। लगानीकर्ताले अधिकतम कित्ताका लागि कुनै हद नतोकिएकाले बिक्रीमा राखिएको सम्पूर्ण कित्ताका लागि आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले भदौ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्ने छन् । 

बैंकको लिलाम आवेदन भदौ १५ गते विहान ७ बजे सिद्धार्थ क्यापिटल नारायणचौर नक्सालमा खोलिने  सिद्धार्थ क्यापिटलले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री