शनिबार, ८ वैशाख २०८१

इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब माथि

समयपोष्ट २०७४ साउन ३० गते ६:४३

नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक बर्षमा तीन अर्ब १६ करोड नाफा आर्जन गरेको छ ।  अघिल्लो आर्थिक बर्ष  बैंकले २ अर्ब ५५ करोड नाफा आर्जन गरेको थियो । 

Advertisement

अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा २४ प्रतिशले बढी हो । यससंगै हाल सम्म वित्तीय विवरण प्रकाशित गर्ने वाणिज्य बैंकमा इन्भेष्टमेन्ट बैंक नाफाको आधारमा तेस्रो  ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ । 

बैंकले प्रतिसेयर आम्दानी ३४ रुपैयाँ २० पैसा कायम गरेको छ । बैंकको जगेडाकोषमा मात्रै ११ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।

बैंकले १ खर्ब २५ अर्ब निक्षेप संकलन गरेको छ भने बैंकको कर्जा लगानी १ खर्ब ६ अर्ब रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ०.८३ प्रतिशत रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री