शुक्रबार, ७ वैशाख २०८१

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा १ अर्ब ३८ करोड

समयपोष्ट २०७४ साउन ३० गते ६:२८

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक बर्षमा एक अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक बर्ष बैंकले एक अर्ब २९ करोड रुपैयाँ नाफा गरेको थियो। 

Advertisement

बैंकले खुद ब्याज आम्दानी दुर्इ अर्ब १९ करोड रुपैयाँ गरेको छ। बैंकले गत आर्थिक बर्षमा ६३ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरि ३९ अर्ब २० करोड रुपैयाँ ऋण लगानी गरेको छ। 

बैंकले चुक्ता पूँजी एक बर्षमा दुर्इ अर्ब ८१ करोडबाट ४ अर्ब पुर्याएको छ । बैंकको जगेडा कोषमा ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ।  बैंकको पूँजी कोष अनुपात एक आर्थिक बर्षमा १६.४९ प्रतिशतबाट बढेर २२.०४ प्रतिशत पुगेको छ । बैंकले खराब कर्जा एक आर्थिक बर्षमा ०.३२ प्रतिशतबाट घटाएर ०.१९ प्रतिशत पुर्याएको छ। बैंकको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ रहेको छ।

 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री