बिहीबार, ६ वैशाख २०८१

जनता बैंकको नाफा ५ गुणा बढ्यो

समयपोष्ट २०७४ साउन २९ गते १०:४१

जनता बैंकले गत आर्थिक बर्ष  ६४ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक बर्ष बैंकको नाफा १३ करोड रहेको थियो । गत आर्थिक बर्ष बैंकको नाफा करिब ५ गुणाले बढेको हो ।बैंकको खुद व्याज आम्दानी ५२ प्रतिशतले बढेर १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ ।

Advertisement

बैंकले फि कमिसनबाट ५ करोड रुपैयाँ, अन्य सञ्चालनबाट १५ करोड र बिदेशी मुद्राको कारोबारबाट बैंकले ५ करोड रुपैयाँ आम्दानी गरेको छ ।बैंकले यसअघि नोक्सान वापत राखेको ४१ करोड ५९ लाख रुपैयाँ राईट ब्याक गरेको छ ।  बैंकको खराब कर्जा २.०९ प्रतिशत रहेको छ भने प्रावधान ९८ प्रतिशत गरेको छ ।

बैंकको चुक्ता पुँजी ६ अर्ब ९९ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ९.१८ रुपैयाँ रहेको छ । बैंकको सञ्चिती १ अर्ब ८२ करोड रहेको छ । बैंकको निक्षेप संकलन १०१ प्रतिशतले बढेर ४८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कर्जा लगानी १ सय २ २ प्रतिशतले बढेर ४५ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १ सय २६ रुपैयाँ रहेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री