शुक्रबार, ७ वैशाख २०८१

नेपाल बंगलादेश बैंकको नाफा एक अर्ब माथि,मेघाको पनि पौने अर्ब

समयपोष्ट २०७४ साउन २७ गते ८:०८

मेगा बैंकले गत आर्थिक बर्षमा ७९ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।  बैंकले अघिल्लो आर्थिक बर्षमा ५५ करोड १० लाख रुपैयाँ कमाएको थियो ।

Advertisement

बैंकले ३८ अर्ब ९३ करोड रुपैयाँ संकलन गरि ३४ अर्ब ४९ करोड रुपैयाँ ऋण लगानी गरेको छ । बैंकको चुक्ता पूँजी चार अर्ब ४८ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोषमा एक अर्ब २८ करोड छ ।

त्यसैगरि नेपाल बंगलादेश बैंकले गत आर्थिक बर्षमा एक अर्ब २० करोड रुपैयाँ नाफा कमाएको छ । 

बैंकले गत आर्थिक बर्षमा एक अर्ब ५२ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। बैंकले गत आर्थिक बर्षको अन्त्यसम्ममा ४३ करोड ७१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ऋण लगानी  ७ अर्ब ४६ करोड रुपैयाँ गरेको छ । 

बैंकले गत आर्थिक बर्षमा चुक्ता पूँजी चार अर्बबाट बढाएर सात अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री