शुक्रबार, ७ वैशाख २०८१

हिमालयन पावर पार्टनरको सेयर कारोबार भदौं ४ गतेबाट

समयपोष्ट २०७४ साउन २७ गते ६:०१

हिमालयन पावर पार्टनरको सेयर लगानीकर्ताले आगामी भदौं ४ गतेबाट किनबेच गर्न सक्ने भएका छन् । एक करोड ६ लाख ५४ हजार कित्ता सेयर बिहीबार नेप्सेमा सुचीकृत भएपछि डिम्याट खातामा सेयर आईसकेका लगानीकर्ताले भदौं ४ गतेबाट सेयर किनबेच गर्न सक्ने भएका हुन् । 

Advertisement

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले लगानीकर्ताको डिम्याट खातामा सेयर पठाईसकेको जनाएको छ ।

कम्पनीको पहिलो कारोबार कति मूल्यमा खुल्ने बारे नेप्सेले केही जनाएको छैन । नेप्सेले कम्पनीहरुलाई नेटवर्थको तीन गुणासम्म मूल्य दिने गर्छ । कम्पनीले शेयर निष्काशन गर्दा जारी गरेको आवहान पत्रमा नेटवर्थ एक सय रुपैयाँ उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री