बुधबार, १२ वैशाख २०८१

नेपालको पहिलो बाइक रियालिटि शोको तेस्रो सिजन घोषणा,विजेतालाई १० लाखसहित पल्सर एनएस

समयपोष्ट २०७४ साउन २६ गते ७:०५

हंसराज हुलासचन्द बजाजले सामसङ्सँगको सहकार्यमा पल्सर डेयरभेन्चरको तेस्रो सिजनको घोषणा गरेको छ । यो नेपालको पहिलो बाइक रियालिटि शो हो ।  

Advertisement

यस कार्यक्रमको ट्यागलाइन‘‘न्यू रुट, न्यू थ्रिल्स अ कल फर फियरलेस राइडर्स’’ राखिएको छ ।

 यो सिजनमा १० साहसी प्रतियोगीले नयाँ पल्सर बाइकमा “अन–अफ रोड” हुँदै एउटा साहसिक राइडमा जाने मौका पाउनेछन् । कम्पनीका अनुसार प्रतियोगितामा सामेल हुनका लागि प्रतियोगीले शुरुवातमा नै विभिन्न तालिमहरु लिनुपर्ने हुन्छ ।

यस सिजनको पहिलो पुरस्कार विजेताले १० लाख र पल्सर एनएस, दोस्रो पुरस्कार विजेताले ५ लाख र पल्सर एनएस र तेस्रो पुरस्कार विजेताले पल्सर एनएस पाउँने छन् । 

कम्पनीका अनुसार यो वर्ष प्रतियोगीहरुको दर्ता नि:शुल्क गरिएको छ । यसमा कुनैपनि ब्राण्डका बाईक भएका प्रतियोगीले सहभागी हुन पाउनेछन् । यस शोमा सहभागि हुन चहानेले बजाजको शोरुममा गएर आधिकारिक सवारी चालक अनुमतिपत्र, नागरिकता, र दुई प्रति फोटोका साथमा नाम दर्ता गर्न सक्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री