शुक्रबार, ७ वैशाख २०८१

अरुण भ्याली हाइड्रोको नाफा ५० प्रतिशतले बृद्धि

समयपोष्ट २०७४ साउन २६ गते ६:४३

अरुण भ्याली हार्इड्रोपावर कम्पनीले गत आर्थिक बर्षमा ८ करोड ९५ लाख रुपैयाँ नाफा कमाएको छ । 

Advertisement

कम्पनीको नाफा ५० प्रतिशतले बढेको हो । यसअघि कम्पनीले ५ करोड ९३ लाख नाफा कमाएको थियो ।

कम्पनीको खुद आम्दानी १३ करोड रुपैयाँ रहेको छ । कम्पनीले जम्मा सञ्चालन खर्च एक करोड ७९ लाख रुपैयाँ रहेको जनाएको छ।

कम्पनीको चुक्ता पूँजी ८४ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ९ करोड २३ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ रहेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात २६ गुणा, प्रतिसेयर कुल सम्पत्तीको मूल्य १ सय १३ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री