शनिबार, १५ वैशाख २०८१

कृषि विकास बैंकको नाफा साढे २ अर्ब माथि,निक्षेप ९९ अर्ब ९५ करोड

समयपोष्ट २०७४ साउन २५ गते ५:५०

कृषि विकास बैंकले गत आर्थिक बर्ष दुर्इ अर्ब ७७ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक बर्ष दुर्इ अर्ब ४६ करोड रुपैयाँ नाफा गरेको थियो । 

Advertisement

बैंकले गत आर्थिक बर्षमा खुद ब्याज आम्दानी सात अर्ब १० करोड रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक बर्षमा बैंकको यस्तो आम्दानी ६ अर्ब २६ करोड रुपैयाँ गरेको थियो । 

बैंकले ९९ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । बैंकले ८८ अर्ब २९ करोड कर्जा लगानी गरेको छ । बैंकको चुक्ता पूँजी १२ अर्ब ५२ करोड रुपैयाँ रहेको छ भने साधारण शेयर पूँजी ७ अर्ब ८ करोड रुपैयाँ छ । बैंकको गत आर्थिक बर्षमा साधारण तर्फको चुक्ता पूँजी पाँच अर्ब ११ करोड रुपैयाँ थियो । जसमा नेपाल सरकारको अग्राधिकार शेयर ५ अर्ब ४३ करोड रुपैयाँ रहेको छ । 

बैंकको पूँजी कोष अनुपात १७.४७ प्रतिशत रहेको छ ।  बैंकले खराब कर्जा ४.३६ प्रतितशतबाट २.७९ प्रतिशतमा झारेको छ । बैकको प्रति शेयर आम्दानी ३४ रुपैयाँ रहेको छ । 

प्रतिक्रिया

सम्बन्धित सामाग्री