बिहीबार, १५ चैत २०८०

एउटा यूवाले विदेशमा भोग्नु परेको पीडाको कथामा ‘उल्झन’ फिल्म बन्दै

समयपोष्ट २०७४ साउन २३ गते १३:४८

नेपाली फिल्म निर्माणको भिडमा अर्को 'उल्झन'  फिल्म  नाम थपिएको छ । आशुत्तोष फिल्मस् प्रोडक्शनको ब्यानरमा निर्माण हुन लागेको फिल्म 'उल्झन'को सोमवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक निर्माण घोषणा गरियो । राजु अधिकारीले निर्देशन गर्ने फिल्म 'उल्झन'मा ध्रव दत्त, रजनी केसी, बेनी ढुंगाना, दीपक ढकाल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । 

Advertisement

फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा बोल्दै निर्देशक तथा फिल्मका लेखक राजु अधिकारीले 'उल्झन'ले एउटा यूवाले विदेशमा भोग्नु परेको पीडा र आफ्नो लक्ष्य प्राप्त गरेपछि स्वदेश फर्किदा पारिवारीक सम्बन्धमा दरार कसरी हुन्छ भन्ने कथा बोल्ने बताए । यस्तै, नायक ध्रव दत्तले 'उल्झन' वैदेशिक रोजगारीका लागि विदेशमा गएका धेरै नेपालीहरुको कथा रहेको बताए । नायिका रजनी केसीले पनि 'उल्झन'को कथावस्तु मन परेका कारण फिल्म साइन गरेको बताइन् । 

नविन अधिकारी र नारायण ढुंगाना कार्यकारी निर्माता रहेको फिल्ममा सन्तोष अधिकारी र हरी कार्की निर्माताको रुपमा हरेका छन् । फिल्ममा लक्ष्मण घिमिरेको छायाँकन, हिरामणी न्यौपाने र दिनेश गौतमको संगीत, कुमार महर्जनको द्धन्द्ध र शिव वि.क.को नृत्य रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री