शुक्रबार, १४ वैशाख २०८१

स्वास्थ्य  मन्त्री पोखरेलले गरे अमेरिकासंग सहयोगको आग्रह 

समयपोष्ट २०७४ साउन २३ गते १२:५९

स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलले नेपालको स्वास्थ्य क्षेत्रमा अमेरिकी सरकारसंग सहयोगको लागि आग्रह गरेका छन ।
स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल र नेपालका लागी अमेरिकाका कार्यावाहक राजुदत मिचेल गोन्जालेस बिच सोमवार भएको शिष्टाचार भेटवार्तामा मनत्री पोखरलले उक्त आग्रह गरेका हुन ।
भेटबार्तापछि मन्त्री पाखेरेलले स्वास्थ्यका धेरैं अधिकार स्थानिय निकायमा गएकोले अमेरिकासंग थप सहयोगको अपेक्षा गरिएको बताए ।  दाङ्गबाट शुरु भएको मलेरिया उन्मुलन कार्यक्रमको निम्ती अमेरिकी नियोगको गरेको सहयोगको पनि मन्त्री पोखरेलले प्रशंसा गरे । 
भेटवार्तामा नेपालका लागि अमेरिकी कार्यवाहक राजदुत  मिचेल गोन्जालेसले अमेरिकाले नेपालको   स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोग थप छलफल गरी बढाउन सकिने बताए ।   
राजुदत गोन्जालेसले स्वास्थ्य क्षेत्रको विकासको निम्ती अमेरिकाले थप सहयोग गर्ने प्रतिबद्वता समेत व्यक्त गरे । उनले अमेरिकी नियोगले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको सहयोगको सही सदुपयोग गर्न समेत आग्रह गरे । 
 

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री