बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक जुलिएण्डबीच भेट

समयपोष्ट २०७३ भदौ १३ गते ९:०८


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच सोमबार भेटबार्ता भएको छ ।

Advertisement


प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई दिदै समसामयिक राजनीति र सरकारका योजनाबारे चासो ब्यक्त गरेकी थिइन् । 

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पपछिको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील रहेको जानकारी जुलिएण्डलाई दिए । 

भेटमा प्रधानमन्त्रीले नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री