शुक्रबार, ७ वैशाख २०८१

विद्युत् प्रसारण प्रणालीमा समस्या,भक्तपुरका केही स्थानमा विद्युत् कटौती हुने

समयपोष्ट २०७४ साउन १९ गते ९:४४

रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ । 

Advertisement

प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ । प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ । 

भक्तपुरका विभिन्न स्थानमा समेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आज दिनभर विद्युत् प्रसारण कटौती गरिएको जनाइएको छ ।

प्राधिकरणका अनुसार निकोसेरा, राधेराधे, नयाँ ठिमी, गट्ठाघर, कौशलटार, बालकोट, लोकन्थली, दधीकोट, गुन्डु र सानोठिमी क्षेत्रमा विद्युत् कटौती हुनेछ । नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले विद्युत् कटौती गरिएको प्राधिकरणले जनाएको छ । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री