शुक्रबार, १४ वैशाख २०८१

सनराइज बैंकले कमायो १अर्ब १६ करोड रुपैयाँ नाफा

समयपोष्ट २०७४ साउन १८ गते ९:०१

सनराइज बैंकले गत आर्थिक बर्षमा नाफा १ अर्ब १६ करोड रुपैयाँ पुर्याउँन सफल भएको छ । बैंकले अघिल्लो आर्थिक बर्षको तुलनामा नाफा २२.८७ प्रतिशतले बढाएर १ अर्ब १६ करोड रुपैयाँ पुर्याउँन सफल भएको  हो । चुक्ता पूँजी ७ अर्ब एक करोड रुपैयाँ पुगेको बैंकको खुद व्याज आम्दानी ४५ प्रतिशतले बढेर २ अर्ब १९ करोड रुपैयाँ पुगेको छ । 

Advertisement

बैकको निक्षेप ६१ अर्ब एक करोड रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक बर्षमा ५१ अर्ब ६७ करोड रुपैयाँ थियो । बैंकले ५१ अर्ब ५३ करोड रुपैयाँ ऋण लगानी गरेको छ। बैंकको खराब कर्जा १.३७ प्रतिशत रहेको छ भने जगेडा कोषमा दुर्इ अर्ब ३१ करोड रुपैयाँ जम्मा भएको छ।

 बैंकको पूँजी कोष अनुपात १२.०५ प्रतिशतबाट बढेर १५.२० प्रतिशत पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ रहेको छ।  

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री