शनिबार, ८ वैशाख २०८१

नेपाल हाइड्रोले ३ लाख ९० हजार कित्ता साधारण सेयर निष्काशन गर्दै

समयपोष्ट २०७४ साउन १८ गते ८:१३

नेपाल हाइड्रो डेभलपरले ३ लाख ९० हजार कित्ता साधारण सेयर साउन २७ गतेदेखि निष्काशन गर्ने भएको छ ।

Advertisement

 कम्पनीले एक सय रुपैंया अंकित दरको ३ करोड ९० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

 कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल तोकेको छ ।  कम्पनीको साधारण सेयरमा साउन ३२ गतेसम्म आवेदन गर्न सकिन्छ ।

 कम्पनीले यसअघि मंसिर २६ गतेदेखि पुस १० गतेसम्म दोलखाका आयोजना प्रभावित स्थानीयबासीलाई दुई लाख ६० हजार कित्ता साधारण सेयर बिक्री गरि बाँडफाँड गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री