शुक्रबार, १६ चैत २०८०

खेल क्षेत्रको विकास तथा विस्तारका लागि सक्दो पहल गर्छु : खेलकुदमन्त्री

समयपोष्ट २०७४ साउन १७ गते ६:४१

युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेल क्षेत्र को विकास तथा विस्तारका लागि आफूले सक्दो पहल गर्ने बताएका छन् । मन्त्री केसीले अन्तराष्ट्रिय जगतमा नेपाललाई चिनाउने सजिलो माध्यम खेल क्षेत्र भएकाले यसको विकास तथा विस्तारका लागि सक्दो पहल गर्ने बताएका हुन् । 

Advertisement

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का साथै सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको हातामा रहेको भौतिक पूर्वाधारको निरीक्षण गर्दै मन्त्री केसीले खेलाडीलाई प्रतिस्पर्धी बनाउन के गर्न सकिन्छ , तालिममा के कस्ता समस्या छन् भन्ने पहिचान गर्न आवश्यक रहेको बताए । 

सो अवसरमा मन्त्री केसीले राष्ट्रिय टोलीको तयारीका बारेमा सम्बन्धित खेलका प्रशिक्षकसँग कुराकानी समेत गरे । उनले कराँते, एथ्लेटिक्स, तेक्वान्दो, बक्सिङलगायत खेलका राष्ट्रिय टोलीको पनि निरीक्षण गरे ।

त्यसक्रममा राखेप सदस्य सचिव विष्टले विभिन्न खेल संघका पदाधिकारीका साथै प्रशिक्षकका बारेमा जानकारी दिए । रासस 

प्रतिक्रिया

सम्बन्धित सामाग्री