शुक्रबार, १६ चैत २०८०

अटो मेकानिक्स व्यवसायीहरुद्धारा अटो ल्याण्ड र तालिमको माग,शिक्षा मन्त्री भन्छन् ‘यो माग क्याबिनेटमा लैजान्छु’

समयपोष्ट २०७३ भदौ ११ गते १०:१२

काठमाडौं । शिक्षा मन्त्री धनीराम पौडेलले प्राविधिक शिक्षलाई बिशेष महत्व दिएर अगाडी बढाउनुपर्ने बताएका छन । उनले धनी देशहरु प्रविधि कै माध्मबाट धेरै अगाडी बढीसकेकोले नेपालले पनि त्यसलाई पछ्याउँदै जानुपर्ने बताए । शनिबार नेपाल अटो मेकानिक्स व्यवसायी संघको २२ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले भने ‘मेकानिकल इन्जिनियरिङलाई अझ व्यापक बनाएर लैजान आवश्यक छ ।’
मन्त्री पौडलले पछिल्लो समयमा भएका सवारी साधान दुर्घटनाप्रति सरकार गम्भीर भएको भन्दै अब यातायात नीति नै परिवर्तन गर्नुपर्ने बताए । ‘यातायात सम्बन्धी नीतिको अटोमेकानिक्स व्यवसायी पनि स्टे्कहोल्डर हुनुहुन्छ’ उनले भने ‘तपार्इंहरुको पनि सल्लाह सुझावमा यातायात नीति बन्छ ।’ उनले अटोकेकानिक्स व्यवसायीले उठाउँदै आएको अटोल्याण्ड स्थापनाको मागप्रति आफू संवेदनशील भएको भन्दै आफुले यो माग मन्त्रिपरिषद्मा लैजाने प्रतिबद्धता जनाए । ‘अटो ल्याण्ड हरेक शहरमा आवश्यक छ’ उनले भने ‘तपाईं व्यवसायीहरुको यो माग म क्याबिनेटमा लैजाने प्रतिबद्धता व्यक्त गर्दछु ।’
3नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष ज्ञानेन्द्ररत्न तुलाधरले नेपालमा नयाँ नयाँ गाडी भित्रिएकोले अटोमेकानिक्सहरुलाई तालिम अनिवार्य बन्दै गएको बताए । उनले सरकारले ग्यारेजहरुबाट हरेक बर्ष उठाउँदै आएको ग्यारेज नवीकरण शुल्कको केही रकम अटोमेकानिक्सको तालिमको लागि खर्च गर्नुपर्ने बताए । 
नेपाल अटोमोबाईल डिलर एशोसिएशन ९नाडा० का उपाध्यक्ष शम्भु प्रसाद दाहालले आफुहरुले निःशुल्क तालिम दिएर अटोमेकानिक्स उतपादन गर्दै आएको बताए । ‘हामीले नाडा तथा सिप्रदीको तर्फबाट बिभिन्न शहरमा बनेका अटो भिलेजमा गएर निःशुल्क तालिम सञ्चालन गर्दै आएका छौं ।’ उनले भने ‘यसले अटो मेकानिक्सको विकासमा महत्वपूर्ण सहयोग पुर्याएको छ ।’
2यस्तै नेपाल अटो मेकानिक्स व्यवसायी संघका निवर्तमान अध्यक्ष महेश बज्राचार्यले १२ कक्षासम्म अटो मेकानिक्स विषय समावेस गर्नुपर्नेमा जोड दिए । यस्तै अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुषालले हरेक नगरपालिकामा औद्योगिक क्षेत्र जस्तै अटोल्याण्डको आवश्यकता भएको बताए । ‘हामी पनि वातावरणमैत्री भएर काम गर्न चाहन्छौं, उनले भने ‘त्यसैले अब एक शहर एक अटो भिलेज आवश्यक छ ।’

Advertisement

hi
नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष दीपक खडकाले टेक्निसियनको सम्मान बिना कुनै पनि देशको समृद्धि हुन नसक्ने बताए । अटो व्यवसाय देशको अर्थतन्त्रमा महत्वपुर्ण सहयोग पुर्याउँदै आएको बताए । ‘हामी व्यवसायीक रुपमा अगाडी बढन चाहन्छौं’ उनले भने ‘त्यसैले आजको प्रविधि आत्मसाथ गर्न मेकानिक्सलाई तालिम अनिवार्य भएको छ ।’
नेपाल अटो मेकानिक्स व्यवसायी संघको २२ औं वार्षिक साधारण सभामा देशभरबाट करिव ५ सय भन्दा बढी अटोमेकानिक्सहरु सहभागी छन । 


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री