बिहीबार, १३ वैशाख २०८१

नेपाल भित्रिदै छन् रेनल्टका गाडी

समयपोष्ट २०७३ भदौ ७ गते ३:४५

नेपालमा पहिलो पटक फ्रेन्च कम्पनी रेनल्टका गाडी पनि भित्रिने भएको छ। एड्भान्स अटोमोबाइल्सले यी गाडी नेपाली बजारमा उपलब्ध गराउने योजना बनाएको छ । सुरुमा रेनल्टका क्विड, डस्टर र लजी कार नेपाली बजारमा उपलब्ध गराउने कम्पनीको योजना छ । क्विड ह्याचब्याक कार हो भने डस्टर एसयूभी र लजी एमपीभी हो ।
नाडा अटो शोको आसपासमा यी गाडी नेपाली बजारमा ल्याउने लक्ष्यका साथ कार्य भइरहेको एड्भान्स अटोमोबाइल्सका जनरल म्यानेजर अधिरकुमार श्रेष्ठले बताए। सब्सिडियरी कम्पनीको रुपमा रेनल्ट इन्डिया प्रालिले भारतको चेन्नाई ओरागदममा अवस्थित कारखानामा रेनल्ट कार उत्पादन गर्छ । सन् २००८ को फेब्रुअरीमा रेनल्ट–निसान एलाइन्सले उक्त कारखाना स्थापनाका लागि तमिलनाडु सरकारसँग सम्झौता गरेका थिए । सन् २००८ मा मुम्बईमा भेइकल डिजाइन स्टुडियो निर्माण गरियो । सन् २०१२ मा भारतमा १४ वटा मात्र डिलर रहेकोमा सन् २०१५ मा रेनल्टका करिब २ सय डिलर पुगेका थिए ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री