आइतबार, १४ जेठ २०८०

विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड

समयपोष्ट २०७३ भदौ ५ गते ९:५५

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलाई यस वर्षको ‘एशियन म्यान अफ द इयर’ अवार्ड प्रदान गरिएको छ । नेपालमा गतवर्षको विनाशकारी भूकम्पपश्चात चौधरीको नेतृत्वमा सञ्चालित मानवीय र परोपकारी कार्यहरुको सम्मानस्वरुप अमेरिकास्थित मानवतावादी संस्था ‘वी केयर फर ह्युम्यानिटी’ ले उक्त अवार्ड प्रदान गरेको चौधरी ग्रुपले जनाएको छ । ‘वी केयर फर ह्युम्यानिटी’ले आप्mनो तेश्रो शिखर सम्मेलन तथा चौथो ‘ग्लोवल अफिसियल्स अफ डिग्निटी अवार्ड’ का अवसरमा न्यूयोर्कमा आयोजित कार्यक्रममा चौधरीलाई उक्त सम्मान प्रदान गरेको हो । कार्यक्रम न्यूयोकस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजना गरिएको थियो । 

Advertisement

मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, भारतीय नेतृ तथा तमिलनाडुका मुख्यमन्त्री जयललिता, युगोस्लाभियाका चौधौं राष्ट्रपति स्टेपन मेसिक, केन्याका दशौं उपराष्ट्रपति स्टेफन कालोन्जो मुस्योका, इक्वेडरका पूर्व राष्ट्रपति रोजालिया आर्टिगालाई पनि विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो । 
 


 

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री