मंगलबार, ११ वैशाख २०८१

‘बर्जरको रंगमंच’

समयपोष्ट २०७३ भदौ ५ गते ५:४०

काठमाडौं । बर्जर पेन्ट्सले दसैं–तिहारको अवसरमा घरलाई चिटिक्क बनाइ धेरै उपहार दिन रंगमंच योजना ल्याएको छ । योजना प्रवद्र्धनका लागि कम्पनीले नायिका ऋचा शर्मा र हाँस्य कलाकार दीपकराज गिरीलाई नियुक्त गरेको छ । 

Advertisement

योजनाअन्तर्गत एउटा फोर्ड फिगो एम्बिएन्ट, दुइटा पल्सर २२० सीसी, तीनवटा सामसङ एस ७ एज, चारवटा सोनी ब्राभिया ३२ इन्चको एलइडी टिभी र १० वटा सामसङ २३ इन्चको स्लिम एलइडी टिभी विभिन्न विधिबाट छानिएका ग्राहकलाई प्रदान गर्ने कम्पनीले जनाएको छ ।

यी पुरस्कारका साथै सहरोन्मुख ३० सहरका ३० उत्कृष्ट घरधनीले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । योजनामा सहभागी सबैले पक्का उपहारस्वरूप हुवावेको १३ हजार एमएएच पावर बैंक पाउनेछन् ।  

योजना प्रवद्र्धक तथा निर्णायकहरूले देशभरबाट छानिएका ६० घरधनीहरू (६ क्षेत्रबाट १०–१० जना विजेता)लाई  १ लाख रुपैयाँसम्म र बर्जरको फेसबुक पेजमा आफ्नो रंगाएको घरको फोटो अपलोड गर्दा सबैभन्दा धेरै लाइक पाउने उत्कृष्ट ६ घरले (क्षेत्रगत रुपमा) सामसङ जे सेभेन पाउनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री