शुक्रबार, १४ वैशाख २०८१

आरएसडिसीको ४ करोडको सेयर आजबाट खुल्यो, कँहा कँहा दिने आवेदन ?

समयपोष्ट २०७३ भदौ ५ गते ५:०६

काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट सर्वसाधारणका लागि शेयर निश्कासन गरेको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

Advertisement

 कम्पनीले यसमध्येबाट ८ हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरेको साथै २० हजार कित्ता शेयर यसअघि नै सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको छ ।  बाँकी रहेको सेयरमा मात्र सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउने छन् । कम्पनीको शेयरमा न्युनतम ५० कित्ताका लागि आवेदन दिन सकिन्छ । बढिमा ४ हजार कित्तासम्मका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।  शेयर आवेदन भदौ ५ गतेबाट छिटोमा भदौ ८ र ढिलोमा १९ गतेसम्म दिन सकिने कम्पनीले जनाएको छ । 

आरएसडिसी लघुबित्त वित्तिय संस्था बैंक तथा बित्तीय संस्था ऐन २०६३ र कम्पनी ऐन २०६३ अर्न्तगत स्थापित नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न इजाजतपत्र प्राप्त “घ“ वर्गको राष्ट्रिय स्तरको “थोक लघुकर्जा“ प्रदायक वित्तीय संस्था हो । रुपन्देहीको बुटबलमा केन्द्रीय कार्यालय रहेको वित्तीय संस्था २०७० भदौं २६ गते बुधवार देखी आफ्नो कारोबारको शुभारम्भ गरेको हो । संस्थाको अधिकृत पुँजी २० करोड रुपैयाँ रहेको छ भने जारी पुँजी रु. १० करोड रुपैया रहेको छ । संस्थाको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ । सर्वसाधारणका लागि चार करोड बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्ता पुँजी १० करोड रुपैयाँ पुग्नेछ ।

कहाँ–कहाँबाट भर्न सकिन्छ

१. एनआइबिएल क्यापिटल मार्केट्स लिमीटेड, लाजिम्पाट, काठमाण्डौ

२. नेपाल इन्भेष्टमेन्ट बैंकका उपत्यकाभित्र र बाहिरका सबै शाखा कार्यालयहरु । सम्पर्कः बद्रीप्रसाद प्याकुरेल फोनः ४००५०८०

३. आरएसडिसी लघुवित्त बित्तीय संस्था, बुटवल, रुपन्देही । सम्पर्क व्यक्तिः रविनकुमार न्यौपाने, फोनः ०७१–४३८५१३

४. भिबोर क्यापिटल लिमीटेड, मानभवन, ललितपुर । सम्पर्क व्यक्तिः सागर तामाङ, फोनः ५५५४७९३

५. प्रभू क्यापिटल लिमीटेड, कमलादी, काठमाण्डौ । सम्पर्क व्यक्तिः सविता अर्याल, फोनः ४२२२९८७

६. गोर्खाज फाइनान्स लिमीटेडको डिल्लीबजारस्थित मुख्य कार्यालय, तथा देशभरका सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः मुकुन्द श्रेष्ठ, फोनः ४४३०५२७ ७. गुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेड, मानभवन ललितपुर तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः अर्चना प्रधान, सम्पर्कः ५५३७४०७

८. आइसीएफसी फाइनान्स लिमीटेड, भाटभटेनी काठमाण्डौ र सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः सागरनिधि तिवारी, फोनः ४४२५२९२

९. नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेड, बुटवल ८, रुपन्देही तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः राजेन्द्र शर्मा, फोनः ०७१–५४१८१७

१०. सिनर्जी फाइनान्स लिमीटेड, कमलादी काठमाण्डौ तथा सबै शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः राजेश पुरी, फोनः ४४४२४६१

११. साझा विकास बैंक लिमीटेड, धनगढी कैलाली तथा शाखा कार्यालयहरु । सम्पर्क व्यक्तिः लक्ष्मी जोशी । फोनः ०९१–५२६००६

१२. सेवा विकास बैंक लिमीटेड, बुटवल रुपन्देही । सम्पर्क व्यक्तिः विष्णु कुँवर, फोनः ०७१–५४६९९३ –

प्रतिक्रिया

सम्बन्धित सामाग्री