मंगलबार, ४ वैशाख २०८१

भृकुटीमण्डपमा कन्सट्रक्सन एक्स्पो

समयपोष्ट २०७३ भदौ ५ गते ३:२४

काठमाडौको भृकुटीमण्डपमा घर तथा निर्माण सामाग्री सम्बन्धी मेला चलिरहेको छ । युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सको आयोजनामा शुक्रबार सुरु भएको ब्युल्डिङ कन्सट्रक्सन एक्स्पोको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले उद्घाटन गरे ।

Advertisement

एक्स्पोमा घरजग्गा, सिमेन्ट, फर्निचर, फर्निसिङ्ग, पाइप तथा फिटिङ्गस्, छड, इलेक्टि्रक तथा इलेक्ट्रोनिक्स सामाग्री, बैंक, बीमा, पि्रफेब, मार्बल, वास्तु, ईंटा तथा मार्बल, सोलार, पेन्ट, इन्टेरियर डिजाइनसँग सम्बन्धित स्टल राखिएका छन् ।
घर निर्माणसँग सम्बन्धित स्टलका अलावा एक्स्पोमा घर निर्माणमा ध्यान दिनुपर्ने विषय र नयाँ प्रविधिका बारेमा विज्ञहरुबाट जानकारी दिने कार्यक्रम समेत छ ।

एक्स्पोमा निर्माण सामाग्रीका स्टल हेर्नका लागि टिकट काट्नुपर्ने भएपनि विज्ञहरुले लिने कक्षामा सहभागीताका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

आयोजक युथ कम्युनिटी फर नेप्लिज कन्ट्रयाक्टर्सका अध्यक्ष वीरेन्द्रराज पाण्डेले निर्माण सामाग्रीको विक्री बढाउने भन्दा पनि सुरक्षित र बलियो घर बनाउने बारेमा जानकारी दिनका लागि एक्स्पो गरिएको बताए ।

भूकम्प र अन्य प्राकृतिक प्रकोपबाट घर गुमाएकाहरुलाई लक्षित गरेर गरिएको एक्स्पोमा निर्माण सामाग्रीसँग सम्बन्धित १ सय ५० वटा स्टल छन् । एक्स्पो सोमबारसम्म चल्ने छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री