शुक्रबार, १४ वैशाख २०८१

नायक आर्यन र नम्रता उत्कृष्ट नायक नायिका

समयपोष्ट २०७३ साउन ३१ गते ३:०८

नायक आर्यन सिग्देल र नायिका नम्रता श्रेष्ठ उत्कृष्ट नायक नायिका घोषित भएका छन् । पोखरामा सम्पन्न आठौं डिजिटल सिने अवार्डबाट उनीहरुले उत्कृष्ट नायक नायिकाको अवार्ड जितेका हुन् ।

Advertisement

आयोजक छाँयाछवि क्रियसनले राजधानी बाहिर पहिलोपटक आयोजना गरेको अवार्ड वितरण कार्यक्रमबाट उत्कृष्ट निर्देशकको अवार्ड दिपेन्द्र के खनालले पाएका छन् ।

त्यस्तै उत्कृष्ट चरित्र अभिनेत्रीको अवार्ड दिपाश्री निरौलाले पाइन् । उत्कृष्ट गायिकाको अवार्ड भने अन्जु पन्तले हात पारिन् । उत्कृष्ट चलचित्र ‘क्लासिक’ हुन सफल भयो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री