शुक्रबार, १६ चैत २०८०

विवेक र रोनालीलाई ‘मोडल हन्ट नेपाल, को ताज

समयपोष्ट २०७३ साउन ३१ गते ३:०१

काठमाडौं – काठमाडौं सिनामंगलका १८ वर्षिय विवेक खड्का र थापाथलीकी २१ वर्षिया रोनाली अमात्य ‘मोडल हन्ट नेपाल, सिजन(टू’को ताज पहिरिन सफल भएका छन् । राजधानीको आर्मी अफिसर्स क्लबमा शनिबार साँझ सम्पन्न अन्तिम स्पर्धामा पुरुषतर्फको उपाधि विवेक र महिलातर्फको उपाधि रोनालीले जितेका हुन् । शीर्ष ताज पहिरिनेक्रममा ६ फिट १ इञ्च अग्ला विवेकले ३४ र ५ फिट ८ इञ्च उचाईकी रोनालीले २५ प्रतिस्पर्धीलाई पछि पारे । रोनालीले शीर्ष उपाधिसहित वेस्ट पर्सनालिटीको उपाधिसमेत हात पारिन् ।
शीर्ष उपाधिका विजेता दुवैले चलचित्र र म्युजिक भिडियोमा अभिनयको अवसर तथा विभिन्न उपहारसहित एक वर्षसम्म मोडल हन्ट नेपालको एम्बेस्डर बन्ने अवसर प्राप्त गरे । यसका साथै विजेताहरु विभिन्न प्रोजेक्टका लागि अनुबन्धित समेत भएका छन् ।
मोडलिङ पेशालाई व्यवसायिक एवम् मर्यादित बनाउँदै फेसन तथा मोडलिङमा नयाँ आयामको सुरुवात गर्ने उद्देश्यले गत वर्षबाट प्रतिस्पर्धा सुरु गरिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रबि धमलाले बताए ।
प्रतियोगिताको यो दोस्रो संस्करणमा पुरुषतर्फ जुवेश डंगोल र उमेश पन्त तथा महिलातर्फ प्रिती मल्ल र मोनिका रामधाम क्रमशस् फस्ट र सेकेण्ड रनरअप घोषित भए । यी सबैले चलचित्र, म्युजिक भिडियो, विज्ञापन आदिमा अभिनय गर्ने अवसरसहित विभिन्न उपहार प्राप्त गरेको आयोजक संस्थाले जनाएको छ ।

Advertisement


 

प्रतिक्रिया

सम्बन्धित सामाग्री