आन्द्रेसका डिजाइन पहिरिएर मोडलहरू र्याम्पमा उत्रिए
विश्व फेसन जगतमा अमेरिकी डिजाइनर आन्द्रेस अक्विनो उपस्थितिमा उनका डिजाइन पहिरिएर मोडलहरू र्याम्पमा उत्रिए ।
उनले सन् २००३ मै सुरु गरेको ‘कुटुअर फेसन विक’ लाई १३ वर्ष
पछि नेपाल भित्र्याएका थिए। राजधानीको ह्यात रिजेन्सीमा शनिबार आयोजित फेशन शामा डिजाइनर आन्द्रेसले चार अन्तर्राष्ट्रिय स्तरका मोडलसहित आफ्ना फेसन शिल्पदेखाए ।
‘रोमान्सिङ द हिमालयज’ नाम दिइएको उक्त फेसन शोमा मिस होन्डुरस युनिभर्स बेल्जिका स्वारेज, मिस पाराग्वे अर्थ सेन्डी क्यासेरेज, फिनल्यान्डकी निआ म्याक्लिन र अमेरिकी मोडल तथा स्टाइलिस्ट केल्सी म्याक्केनासहित नेपाली मोडलहरू आस्था पोखरेललगायत र्याम्पमा उत्रेका हुन् । दर्शकहरूले आन्द्रेसका ग्लोबल ट्ेरन्डका आउटफिट रुचाएका थिए ।
आन्द्रेसका डिजाइनअघि अमित बराल, सिर्जना केसी–अनुष्का सैंजु, कैलाश कुँवर, प्रज्ञा चित्रकार, मुक्ता श्रेष्ठ, अमितेश कर्णलगायत नेपाली फेसन डिजाइनरका आउटफिट प्रदर्शन गरिएको थियो । उनीहरूले विभिन्न नेपाली जातीय पहिरनलाई पश्चिमा शैलीमा फ्युजन गराउनुका साथै फर्मल र पार्टी वेयरका अनेकौं डिजाइन सोका लागि तयार पारेका थिए ।
विशेषतस् सेलिब्रिटी र व्यवसायीहरूको जमघट रहेको कार्यक्रममा सविन राई र अभया एन्ड द स्टिम इन्जिन्
सले सांगीतिक माहोल सिर्जना गरेका थिए । भारतीय डिजे आनन्दका बिटमा मोडलहरूले आन्द्रेसको पहिरनमा क्याटवाक गरेका थिए ।



























प्रतिक्रिया