सोमबार, ७ जेठ २०८१

इनगेजमेण्ट गरेको महिना दिन नबित्दैँ आयुष्मान र प्रियन्काको सम्बन्धमा यी बने भिलेन

समयपोष्ट २०७५ भदौ १५ गते १५:४१

फिल्म ‘नाई न भननु ल’ सिरिज आफुलाई स्थापित गरेका कलाकार अनुभव रेग्मी अभिनित ‘मनकी उजेली’ सार्वजनिक भएको छ । भिडियोमा अनुभवले अभिनेत्री प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् ।

Advertisement

भिडियोमा अनुभव र प्रियंकासँगै आयुष्मान डिएस जोशी पनि देखिएका छन् । प्रियंकाको माया पाउने प्रयत्न गरिरहेका आयुष्मानको तगारो भने अनुभव बनेका छन् । म्युजिक भिडियोमा अनुभवलाई केहि भिन्न रुपमा प्रस्तुत गरिएको छ ।

नारायण भण्डारी ‘जनकपुरी’ को शब्द र संगीत रहेको गीतमा दीपक महर्जनको स्वर रहेको छ । सुबोल थापाको कोरियोग्राफी रहेको गीतलाई बुद्ध थापाले छायाँकन गरेका हुन् । बिकाश धमलाको सम्पादन रहेको गीतलाई निकेश खड्काले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री