बुधबार, १२ वैशाख २०८१

प्रधानमन्त्री पत्नी राधिकाले म्यानमाकी प्रथम महिला चोलाई घुमाइन् पाटन दरबार स्क्वायर

समयपोष्ट २०७५ भदौ १५ गते ९:४३

म्यानमाकी प्रथम महिला चो चोले आज पाटन दरबार क्षेत्र भ्रमण गर्नुभएको छ । बिहान ११ बजे पुग्नुभएका उहाँ झण्डै एक घण्टा पाटन क्षेत्रमा रहनुुभएको थियो । चोको स्वागतका लागि प्रधानमन्त्रीपत्नी राधिका शाक्य, ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख गीता सत्याललगायत वडाध्यक्ष र स्थानीयवासीको सहभागिता थियो ।

Advertisement

चोले पाटन सङ्ग्रहालय रहेको केशवनारायण चोक, मूलचोक र सुन्दरी चोकको भ्रमण गर्नुभएको पाटन स्मारक तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजीमान प्याकुरेलले बताउनुभयो । उहाँले सङ्ग्रहालयबाट हिरण्यवर्ण महाविहारसम्म पैदल गई त्यहाँका सांस्कृतिक र धार्मिक सम्पदाका बारेमा चासो राख्नुभएको प्याकुरेलले बताउनुभयो ।

उहाँले भन्नुभयो, “विशेष गरेर यहाँका झाँकीमा उहाँले चासो देखाउनुभएको छ ।” हिरण्यवर्ण महाविहारमा चोलाई त्यहाँका पुजारीले पूजा पनि गराए । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास(बिम्स्टेक) सम्मेलनका लागि उहाँ नेपाल आउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री