शुक्रबार, १६ चैत २०८०

चौथो बिमस्टेक शिखर सम्मेलन काठमाडौंमा सुरु

समयपोष्ट २०७५ भदौ १४ गते १०:२२

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलन सुरु भएको छ । काठमाडौंको होटल सोल्टीमा बिमस्टेक शिखर सम्मेलन सुरु भएको हो ।

Advertisement

सम्मेलनका लागि नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, थाइल्याण्ड र म्यानमारका सरकार तथा राष्ट्रप्रमुखहरु सम्मेलनस्थलमा पुगिसकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनको उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

बिमस्टेकको अध्यक्षता गरेको देशको प्रधानमन्त्रीको हैसियतमा ओलीले २२ मिनेट सम्बोधन गर्ने कार्यक्रम छ । ओलीको सम्बोधनपछि वर्णानुक्रम अनुसार बंगलादेश, भुटान, भारत, म्यान्मार, श्रीलंका र थाइल्याण्डका राष्ट्रप्रमुख/सरकार प्रमुखहरूले १५-१५ मिनेट मन्तव्य राख्नेछन् । साँझ करिब छ बजेतिर सम्मेलनको पहिलो दिनको औपचारिक कार्यक्रम सकिने छ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रीभोजमा अतिथिहरू सहभागी हुनेछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री