शुक्रबार, ७ वैशाख २०८१

भारतीय प्रधानमन्त्री माेदीकाे एयरपाेर्टमा भब्य स्वागत (फोटोफिचर)

समयपोष्ट २०७५ भदौ १४ गते ६:०४

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज बिहान राजधानी आइपुगेका छन् ।

Advertisement

मोदी आज बिहान साढे ८ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गरेका हुन् ।

उनलाई विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

मोदीलाई नेपाली सेनाको एक टोलीले सम्मान गारतका साथ स्वागत गरेको थियो ।

प्रधानमन्त्री मोदीलाई शिष्टाचार महापाल दीपक अधिकारी, नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरी नयाँदिल्लीस्थित नेपाली दूतावासका प्रमुख भरतकुमार रेग्मीले स्वागत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री