शुक्रबार, १४ वैशाख २०८१

बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु

समयपोष्ट २०७५ भदौ १३ गते १०:१७

रुपन्देहीको गैडहवा गाउँपालिकामा बालविवाह अन्त्यका लागि बालिका बीमा कार्यक्रम शुरु हुन लागेको छ । गाउँपालिकाको कार्यपालिका बोर्डले बालिकाको बीमा गर्न कार्यविधि पारित गरेपछि बीमा कार्यक्रम लागू गर्न लागिएको हो ।

Advertisement

बीमा गर्न बाल संरक्षण कोषमार्फत एक बालिकाको लागि गाउँपालिकाले रु २० हजार तथा अभिभावकले रु पाँच हजार शुल्क बुझाउनु पर्ने गाउँपालिकाका अध्यक्ष बच्चुलाल केवटले बताउनुभयो । सो रकम बीस वर्षपछि मात्र बैङ्कबाट झिक्न मिल्नेछ । गाउँपालिकाका सबै वडामा बालिका जन्मने वित्तिकै बैङ्क खाता खोलिनेछ । “ बालिकालाई अध्ययन गर्न यस कार्यक्रमबाट मद्दत पुग्नेछ,” उहाँले भन्नुभयो ।

चालू आवको साउनमा जन्मिएका बालिकाको बीमा गरिनेछ । कार्यक्रमबाट भ्रुण हत्यामा कमी आउने उहाँको भनाइ छ । बीमा गर्न बच्चा अस्पताल वा प्रसुती गृहमा जन्मिएको हुनुपर्ने, जन्मदर्ता गराउनुपर्ने र वडाको सिफारिस अनिवार्य चाहिन्छ । उक्त गाउँपालिकामा बस्दै आएका यादव, केवट, कुर्मी र लोध कोहार समुदायमा बाल विवाहको प्रचलन छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री