सोमबार, ७ जेठ २०८१

निमा रुम्बा र यशकुमारको ‘छिरिङ्ग’, भिडियो हेर्नुहोस्

समयपोष्ट २०७५ भदौ १३ गते ९:०९

गायक तथा नायक द्वय निमा रुम्बा र यशकुमार स्टारर फिल्म ‘छिरिङ्ग’ को टीजर रिलिज भएको छ । यशकै निर्देशन रहेको फिल्मको टीजरमा प्रेम र द्वन्द्व भेटिन्छ ।

Advertisement

सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको फिल्मलाई यश र याम थापाले मिलेर लेखेका हुन् । उक्त फिल्ममा कामना भुजेल सोलो हिरोइनको रुपमा छिन् ।

दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व फिल्मको कथावस्तु हो । उपल्लो मुस्ताङको सेट खडा गरिएको फिल्मले त्यहाँ चल्तीमा रहेको बहुपतिप्रथाको कथा पेश गर्छ ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । फिल्म आगामी असोज १२ गते देशव्यापी रिलिज हुँदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री