शुक्रबार, १६ चैत २०८०

हवाईसेवा बन्द

समयपोष्ट २०७५ भदौ १३ गते ८:१७

सुर्खेत,रुकुम पश्चिममा रहेको चौरजहारी विमानस्थलमा हवाईसेवा १५ महिनादेखि बन्द छ । हवाईसेवा बन्द हँुदा जाजरकोट, सल्यान र रुकुम पश्चिमका बासिन्दा मारमा परेका छन् ।

Advertisement

विसं २०७४ जेठदेखि सो विमानस्थलमा हवाईसेवा बन्द छ । हवाईसेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । मिसन अस्पतालले रिफर गरेका बिरामीलाई सास्ती भएको छ । बिरामीलाई कच्ची सडक प्रयोग गरी उपचारका लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौँ लैजानुपर्ने बाध्यता भएको स्थानीयवासी गोपाल रेग्मीले बताउनुभयो ।

विमानस्थल नियमित रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरणसँग समन्वय गरिरहेको रुकुम पश्चिमका प्रदेशसभा सांसद गोपाल शर्माले बताउनुभयो । “कम्तीमा हप्तामा एक पटक उडान भर्न प्राधिकरणसँग पहल भइरहेको छ,” उहाँले भन्नुभयो । केही समय अगाडि रु ४ करोड ५० लाख खर्च गरी उक्त विमानस्थल कालोपत्र गरिएको हो ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री