शुक्रबार, १६ चैत २०८०

५ मन्त्रीले सपथ लिए

समयपोष्ट २०७३ साउन ३० गते १३:५९

काठमाडौं– नेकपा माओवादी केन्द्रबाट ५ मन्त्रीले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच उनीहरुले पद तथा गोपनियताको सपथ लिएका हुन् । यस्तै  ४ राज्यमन्त्रीको सपथ ग्रहण कार्यक्रम  भने ५ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

Advertisement

माओवादीबाट आज सपथ खानेहरुमध्ये जनार्दन शर्माले (उर्जा), हितराज पाण्डेले (स्थानीय विकास), राम कार्कीले (सुचना तथा सञ्चार), अजय शंकर नायकले कानुन मन्त्रीको जिम्मेवारी पाएका छन् ।

यस्तै मन्त्रीको सपथ खाएका डिआर पौडेललाई भने कुनैमन्त्रालयको जिम्मेवारी दिइएको छैन । उनले शिक्षामन्त्री पाउने भनिएपनि अन्तिममा विना विभागीयमा चित्त बुझाउन बाध्य भएका हुन् ।

मन्त्रालय बाँडफाँड गर्दा माओवादीले शिक्षा मन्त्रालय पाएपछि नारायणकाजी श्रेष्ठ निकट मानिएका पौडेलले शिक्षा मन्त्रालय पाउन निश्चित भएको थियो । तर कांग्रेस र माओवादी बिच शिक्षा र स्वास्थ्य मन्त्रालय साट्ने सहमति भएपछि पौडेललाई प्रधानमन्त्रीले स्वास्थ मन्त्रालयमा सम्हाल्न आग्रह गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

उनका अनुसार पौडेलले आफ्नो लागि पहिल्यै शिक्षा मन्त्रालय तय भैसकेको भन्दै स्वास्थ्य मन्त्रालय सम्हाल्न अस्विकार गरेका छन् ।

त्यस्तै राज्यमन्त्रीको शपथ लिन लागेकाहरुमा धनमाया विक (विना विभागिय), श्रीप्रसाद जबेगु (स्थानीय विकास राज्यमन्त्री), सत्यनारायण भगत (ऊर्जाराज्यमन्त्री) र राधिका तामाङ (कृषिराज्यमन्त्री) रहेका छन् ।

माओवादीबाट यसअघि तीन जना मन्त्री भइसकेका छन् भने अव माओवादीबाट मन्त्री र राज्यमन्त्री गरी सरकारमा १२ जनाको प्रतिनिधित्व भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री