शुक्रबार, १६ चैत २०८०

लिबियामा तत्काल युद्धविराम गर्न संयुक्त राष्ट्रसंघको आग्रह

समयपोष्ट २०७५ भदौ १२ गते ८:५५

लिबियाको राजधानी ट्रिपोलीमा तत्काल युद्धबिराम गर्नको लागि संयुक्त राष्ट्रसङ्घीय मिसन ९युएनएसएमआइएल० ले सोमबार आग्रह गरेको छ ।
गत आइतबारबाट सरकारी सेना र आतङ्ककारीबीच जारी झडपपछि युएनएसएमआइएलले सो आग्रह गरेको हो । युएनएसएमआइएलले ट्रिपोलीमा भएको यस झडपप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई यसप्रकारको आतङ्ककारी गतिबिधि तत्काल रोक्न आग्रह गरिएको एक विज्ञप्तिमार्फत बताइएको छ।

Advertisement

आवासीय इलाकामा गरिएको जथाभावी गोली र बमवारीजस्ता निर्दयी कार्यप्रति युएनएसएमआइएलले चिन्ता व्यक्त गरेको छ । निर्दोष सर्वसाधारण नागरिकको ज्यान खतरामा परिरहेकोले यस्तो अवस्थालाई रक्षा गर्नु सवै पार्टीको दायित्व भएको पनि युएनएसएमआइएलले बतएको छ ।

अन्तर्राष्ट्रिय मानवीय र मानवअधिकार कानूनअनुसार पनि सर्वसधारणको रक्षा गर्नु सवै पक्षको दायित्व भएको सो विज्ञप्तिमा जनाइएको छ ।

जारी यस झडपको कारण हालसम्म पनि अज्ञात नै रहेको बताइएको छ । दक्षिणी ट्रिपोली शहरको बाहिरी र भित्री इलाकामा विगत केही दिनयता सशस्त्र समूहहरुको तनाबका कारण सेना तैनाथ गरिएको छ ।

सन् २०११ मा लिबियाको तत्कालीन नेता मुअमार गद्दाफिको शासनको अन्त्यपछि लिबियामा हिंसा र उथलपुथललगायत राजनीतिक विभाजनको अवस्था रहेको छ ।रासस÷एपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री