बिहीबार, १३ वैशाख २०८१

५० हजार वर्ष अगाडि दुई मानवीय प्रजातिकाे ‘सेक्स’, भेटियो यस्तो प्रमाण

समयपोष्ट २०७५ भदौ ११ गते १४:१९

रुसको एक गुफामा धेरै समय पहिले मानिसको दुई अलग–अलग प्रजाति भेटियो । उक्त प्रजाति करिब ५० हजार वर्षपछि वैज्ञानिकको एक समूहले पत्ता लगायो । दुवै प्रजातिको एक जना छोरी थिई । गुफामा भेटिएको हड्डीका टुक्रा डीएनएबाट पत्ता लाग्यो । उक्त छोरी दुई अलग–अलग प्रजातिको सन्तान थिई । उसकी आमा ‘निएन्डरथल’ प्रजातिकी थिइन् । जबकी बाबु ‘डेनिसोवन’ प्रजातिका थिए । उक्त समयबाट दुवै बाबु आमा लुप्त भए । छोरी यहि दुई प्रजातिको मिश्रण थिई ।

Advertisement

हराएको निएन्डरथल प्रजाति आधुनिक मानवको सबैभन्दा नजिक र नातेदार मानिएको छ । जब मध्य समयमा आधुनिक मानव अफ्रीकाबाट युरोप आए त्यही समयको आसपास यो हराएको थियो । निएन्डरथल करिब ५० हजार वर्ष पहिले पूरै युरो र एशियामा फैलिएको अनुमान गरिएको छ । ‘नेचर’मा प्रकाशित यो खोजबाट यो कुराको अनुमान लगाउन सकिन्छ कि मध्य मानवको जिन्दगी कस्तो थियो । निएडरथल र डेनिसोवन हामी मानवको जस्तै थियो । तर अलग प्रजातिबारे जानकार थिए ।

जर्मनीको म्याक्स प्लेक इन्स्टीच्युड फर इभ्यालुशनरी अथ्रोपोलोजीका शोधकर्ता विवियन स्लोनले भनेका छन्, ‘पहिलेको अध्ययनबाट हामी यो जान्दछौं कि निएन्डरथल र डेनिसोवन कहिले मिले र दुईले बच्चा पनि जन्माए । तर मैले कहिल्यै सोधेको थिइन् कि हामी यस्तो भाग्यमानी छौं कि यसको प्रमाण हामीलाई मिल्छ ।’

के हामी सबै त्यही आमाका सन्तान हौं ?

वर्तमानमा गैर–अफ्रीकी जनताको डीएनएबाट केही हिस्सा निएन्डरथल प्रजातिसँग मेल खान्छ । त्यही गैर–अफ्रीकी जनताको डीएनए केही हदसम्म एशियाली जनतासँग डेनिसोवन प्रजातिसँग मेल खान्छ । केही पुस्तासँग चलेको ।आपसी सम्बन्ध र डीएनएमा भएको बदलावबाट यो कुरा प्रष्ट छ कि विभिन्न प्रजाति मिलेर बच्चा जन्मिएको थियो । यस तथ्यको सबुत प्रमाण साइबेरियाको अलताई पहाडमा मिलेको थियो । २० भन्दा कम कथित पुरातन मानिसमा यसको प्रमाण मिलेको थियो कि त्यो अलग–अलग ‘प्रजाति’को मिश्रण थियो । डा. स्लोनले भनेका छन्, ‘यी प्रमाणमा धेरै कम दुई प्रजातिको हिस्सा बराबर पाइएको छ । जब तपाई दुई अध्ययनलाई हेर्नुहुन्छ, तपाई पाउनुहुन्छ कि मानव विकासको इतिहास मिश्रित प्रजातिबाट भरिएको हुन्छ ।’

कहाँ बस्थे निएन्डरथल र डेनिसोवन ?

यी दुई प्रजाति ४० हजार वर्ष पहिलसम्म आफ्नो अस्तित्वमा थिए । निएन्डरथल पश्चिममा रहन्थे भने डेनिसोवन पूर्वमा । निएन्डरथल जब पूर्वतर्फ बढ्न थाल्यो उक्त डेनिसोवन आजको शुरुवाती मानवको सम्पर्कमा आएको हुनसक्छ । संस्थानका निर्देशक स्वान्ते पाबो भन्छन्, ‘निएन्डरथल र डेनिसोवनको मिल्नका लागि अधिक मौका नमिलेको हुनसक्छ । तर जब मिले धेरै पटक सम्पर्क स्थापित भयो होला । हामी पहिले जति सोच्थ्यौं त्यो भन्दा धेरै बढी ।’

छोरी र उनको परिवारको बारेमा के थाहा छ ?

रुसका पुरातत्वविद्ले धेरै वर्ष पहिले एक हड्डीको टुक्रो डेनिसोवाको पहाडमा भेटेका थिए । यी टुक्राबाट नै ‘नस्लो’ को सन्तान भएपछि पत्ता लागेको थियो ।टोरन्टो युनिभर्सिटीका बेस विओला भन्छन् कि, ‘यो टुक्रा धेरै ठुलो हड्डीको हिस्सा थियो र हामीले यो अनुमान लगाउन सक्छौं कि उसको उमेर १३ वर्षको थियो ।’

शोधकर्ताले यो अनुमान लगाए कि केटीकी आमा पश्चिम युरोपमा रहने निएन्डरथलबाट धेरै टाढा बसिन् होला । यसबाट यो पत्ता लाग्यो कि हजारौं वर्ष पहिले निएन्डरथल आफ्नो अस्तित्व पाउनुभन्दा पहिले पश्चिमबाट पूर्वी युरोप र एशिया तर्फ बढेको हुन सक्छ । आनुवाशिंक सोधबाट पत्ता लाग्यो कि डेनिसोव प्रजातिको पारिवारिक शृङ्खलामा कम से कम एक निएन्डरथलको अशं मिल्यो ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री