बिहीबार, १३ वैशाख २०८१

भोलि मङ्गलले आफ्नो चाल परिवर्तन गर्दै, यी ५ राशीको भाग्योदय हुँने

समयपोष्ट २०७५ भदौ १० गते १०:५४

भोलि साँझ करिब ७ बजेबाट मङ्गलले आफ्नो चाल परिवर्तन गर्दै छ । मंगलले चाल परिवर्तन गर्दा यसको प्रभाव १२ ओटै राशीमा पर्ने छ । १२ मध्ये केही राशीहरुमा अधिक लाभ हुने ज्योतिष शास्त्रमा उल्लेख रहेको छ ।

Advertisement

१.मेष राशी : मेष राशी हुनेहरुको लागि मंगलग्रहको चाल परिवर्तन निकै लाभदायी बनेको छ । कारण मेष राशीको स्वामी मंगल हुन् । यो राशी भएका मानिसहरुको हरेका काम सफलताको साथ हात पर्ने भएको छ । पारिवारिक माहोल राम्रो बन्नुको साथै व्यवसायमा वृद्धिको पुरा योग रहेको छ ।

२.मिथुन राशी : मंगल ग्रहले गर्ने भएको यो परिवर्तनले मिथुन राशी हुनेहरुको लागि निकै फाइदाजनक रहेको छ । यो राशी हुनेहरुको लागि जग्गा जमिन खरिदको लागि उचित समय रहेको छ ।

३.कन्या राशि : कन्या राशी हुनेहरुको लागि मंगलको यो चाल परिर्वतनले भाग्य उदय हुनुको साथै बिग्रिएका रोकिएका कामहरु बन्ने योग रहेको छ । विदेशी सु समाचारसँगै कानुनी मामिलाबाट भौतिक छुटकारा मिल्ने योग रहेको छ ।

४.वृश्चिक राशि : वृश्चिक राशीको लागि पनि स्वामी मानिएको मंगल नै हो । यसको चाल परिवर्तनले वृश्चिक राशीहुनेहरुको लागि फलदायी रहेको छ । धन लाभ हुनुको साथै व्यापार व्यवसायमा लाभ हपुने पूरा योग रहेको छ ।

५.मीन राशि : मीन राशी हुनेहरुको लागि मंगलको चाल परिवर्तनले ठूलो लाभ हुने भएको छ । यो राशी हुनेहरुको लागि अचानक धनलाभ हुनुको साथै आयमा वृद्धि मानसम्मान र भाग्यको साथ मिलिरहनेछ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री