मंगलबार, ६ साउन २०८२

सयपत्री हाइड्रोपावरले तीन करोडको आइपिओ निष्काशन गर्दै

समयपोष्ट २०७५ साउन २५ गते ५:३७

सयपत्री हाइड्रोपावर कम्पनीले तीन करोड रुपैयाँ बराबरको आइपिओ निष्काशन गर्ने भएको छ । जसको लागि कम्पनीले
नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीको सेयर निश्कासन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटल रहेको छ । कम्पनीले २०६५ सालमा प्रोजेक्ट निर्माणको लागि लाइसेन्स पाएको थियो। लाइसेन्स पाएको दश वर्षमा आयोजनाको सम्पुर्ण काम काम सकेको हो । कम्पनीका अनुसार आयोजनाले व्यावसायिक उत्पादन भने २०७३ सालदेखि नै गर्दै आएको छ ।

२.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको हाइड्रोपावरको जम्मा लागत ४६ करोड ७३ लाख रुपैयाँ रहेको छ । बाग्लुङ जिल्लाको दरम खोलामा निर्माण कार्य सकिसकेको छ। आयोजनाले वार्षिक १३.४८ गिगावाट विद्युत उत्पादन गर्न सक्ने बताइएको छ।

आयोजनाको निर्माण सहज स्थानमा भएकोले यसको लागत सस्तो पर्ने हुँदा प्रति शेयर आम्दानी १५ प्रतिशत हुने आयोजनाले जानकारी दिएको छ । कम्पनीले पावरहाउसदेखि सव स्टेसनसम्म ४ किलोमिटरको प्रसारण लाइन रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री