सोमबार, ७ जेठ २०८१

दुई बर्ष अघि मलाइकासंग छुट्टिएका अरबाजले भेटे प्रेमिका,छिट्टै विवाह गर्दै

समयपोष्ट २०७५ साउन २३ गते ८:२४

अभिनेता अरवाज खान सम्बन्धमा रहेको चर्चा छ । अरवाज र मलाइकाको सन् २०१६ मा डिभोर्स भएको थियो । हाल अरवाजको नयाँ प्रेमिका जर्जिया एडि्रयानीसंग सम्बन्धमा रहेको चर्चा छ ।

Advertisement

बलिउड सुपरस्टार सलमान खानका भाई अरवाजलाई बारम्बार सँगै देख्न थालिएको छ । अरवाजको पारिवारिक जमघटमा पनि जर्जिया सहभागी हुन्छिन् । गत ३ अरवाजकी बहिनी अर्पिताको जन्मदिन मनाउन जर्जिया अरवाजसँगै हैदरावाद पुगेकी थिइन् । त्यसको भोलिपल्ट अरवाजको आफ्नै जन्मदिनमा जर्जिया छुट्ने कुरै भएन । अहिले अरवाजका परिवारले पनि जर्जियालाई परिवारको सदस्यको रुपमा व्यवहार गर्न थालेका छन् । अरबाज र जर्जियाले चाँडै आफूहरुको सम्वन्धको औपचारिक घोषणा गर्नसक्ने बताइन्छ ।

जर्जियालाई बुहारी बनाउन सलमान खान पनि तयार भइसकेका छन् । रोचक कुरा के छ भने मलाइकाकी बहिनी अमृता अरोडाको पनि जर्जियासँग राम्रो सम्वन्ध छ । हालै अरवाज र जर्जियासँग उनी डिनरमा सहभागी भएको तस्वीर सार्वजनिक भएको थियो । दिदीसँग डिभोर्स गरेका भिनाजुप्रति उनको कुनै पूर्वाग्रह नरहेको देखिन्छ ।

यसैगरी अरवाज र मलाइकाका छोरा अरहान पनि यो सम्वन्धमा सकारात्मक छन् ।उनी आफ्ना बाबुले चाँडै अर्को बिहे गरुन् भन्ने चाहेको कुरा मिडियाहरुले उल्लेख गरेका छन् ।

अरवाजको करिअरलाई लिएर मलाइका सन्तुष्ट थिइनन् । अरवाजसँग दाम्पत्य सम्वन्धमा रहेकै बेला उनी अर्जुन कपुरसँग डेट गरिरहेकी थिइन् । अहिले भने मलाइका र अर्जुन कपुरको सम्वन्धमा चिसोपना आएको बताइन्छ । एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री