सोमबार, ७ जेठ २०८१

नेहा विवाह अघिनै प्रेग्नेण्ट

समयपोष्ट २०७५ साउन २३ गते ८:०२

बलिउड अभिनेत्री नेहा धुपियाले प्रेमी अंगद बेदीसँग सुटुक्क विवाह गरिन् । बिहेलगत्तै नेहा गर्भवती भएको हल्ला फैलियो । जसलाई उनको परिवारले झूटो बताएको थियो । तर, नेहाले साँच्चै पेट बोकेको र केही समयपछि नै यसको औपचारिक घोषणा गर्ने केही मिडियाले उल्लेख गरेका छन् ।

Advertisement

पछिल्लो समय नेहा पटक-पटक खुकुलो लुगामा देखिएकी छन् । यसैलाई लिएर उनको पेट बढ्न थालेको अड्कल काटिएको थियो । गर्भवती भएकै कारण उनले हतारमा बिहे गरेको चर्चा भएको थियो ।

केही दिनभित्र नेहाले आफू गर्भवती भएको घोषणा गर्ने तर, यो बिहेपछि मात्र भएको दावी गर्ने सम्भावना छ । आखिर, उनी बिहेअअघि गर्भवती भएकी हुन् कि बिहेपछि भनेर पक्कै कोही अनुसन्धानमा लाग्ने छैन ।

नेहा र अंगदबीच १५ वर्ष पुरानो मित्रता थियो । अंगदले चार वर्ष अगाडि नेहालाई बिहेको प्रस्ताव राखेका थिए । उनले नेहाका बाबुआमालाई नै भेटेर छोरी मागेका थिए । तर, नेहाले त्यतिबेला बिहे गर्न अस्वीकार गरेकी थिइन् । अहिले भने केही दिन फुर्सद भएको मौका छोपेर बिहे गरेको नेहा बताउँछिन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री