सोमबार, ७ जेठ २०८१

शिल्पा देखि क्याट्रीनासम्म जसले चलचित्रका लागि फेरे असली नाम

समयपोष्ट २०७५ साउन २२ गते ११:००

बलिउडमा केही यस्ता कलाकारहरु छन् जो आफ्नो नक्कली नामबाट निकै चर्चित छन् । नक्कली नामबाट चर्चा कमाएका बलिउड सेलिब्रेटी मध्य एउटी हुन् तब्बु । उनी अभिनय मार्फत बलिउडमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएकी छिन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ । उनको असली नाम तबस्सुम हासिम खान हो । उनले बलिउड अभिनय सुरु गर्नु भन्दा पहिले नै तब्बु नाम राखेकी थिइन् ।

Advertisement

त्यस्तै अर्की अभिनेत्री हुन् प्रीति जिन्टा । उनलाई बलिउडमा डिम्पल गर्लको रुपमा चिन्ने गरिन्छ । उनी पछिल्लो समय फिल्मी दुनियाँ भन्दा बाहिर छिन् । उनी अहिले आफ्नो बिबाहित जीवनको मज्जा लिइरहेको बताइएको छ । प्रितीको असली नाम प्रीतम सिंह जिन्टा हो । चलचित्र अभिनयमा आएपछि उनले नाम परिवर्तन गरेकी हुन् ।

अभिनेत्री शिल्पा अक्सर आफ्नो हेल्दी जीवनका कारणले चर्चामा रहने गरेकी छन् । शिल्पाको असली नाम अश्विनी शेट्टी हो । चलचित्र अभिनयसँगै उनले नाम परिवर्तन गरेकी हुन् ।

बलिउडमा सन्नी लियोनीको नाम पछिल्लो समय चर्चामा छ । छोटो समयमै उनले बलिउडमा राम्रो उचाही बनाएकी छन् । उनको बालपन क्यानडामा बितेको थियो । उनको असली नाम करनजीत बोहोरा हो ।

क्याट्रीनाको नाम बलिउडमा टप अभिनेत्रीको सुचिमा अटाउने गरेको छ । क्याट्रीनाको असली नाम केट तुर्काेटे हो । चलचित्र अभिनयका लागि उनले नाम परिवर्तन गरेकी हुन् ।एजेन्सी

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री