सोमबार, ७ जेठ २०८१

के आलियाले छिट्टै विवाह गर्दै छिन् ?

समयपोष्ट २०७५ साउन २२ गते ९:४५

बलिउड अभिनेत्रृ आलिया भट्टले छिट्टै विवाह बन्धनमा बाधिने संकेत गरेकी छिन् । भट्टले हालै एक अन्तरवार्तामा भनेकी छिन्,‘बिहे गर्न ३० वर्ष पुग्नैपर्छ भन्ने केही छैन । म चाँडै बिहे गर्न सक्छु ।’

Advertisement

आलिया अहिले रणवीर कपुरसँग प्रेममा छिन् । उनीहरुले सार्वजनिकरुपमा आफ्नो प्रेमलाई लुकाएका छैनन् । एक-दुई वर्षभित्रै उनीहरुले बिहे गर्न सक्ने अनुमान गरिएको छ ।

आलियाले हालै इन्टाग्राममा आफ्ना फ्यानहरुसँग प्रश्नोत्तर गरिन् । उक्त प्रश्नोत्तरमा एक फ्यानले उनलाई सोधे,‘बिहेपछि फिल्म खेल्न छाड्नुहुन्छ कि छाड्नुहुन्न ? आलियाले जवाफ दिइन्,‘किन छाड्ने ? बिहेपछि सबैथोक छाड्नुपर्छ भन्ने के छ ? म त पाएसम्म फिल्म खेलिरहने हो ।’

उक्त प्रश्नोत्तरमा आलियालाई फ्यानहरुले उनका प्रोफेसनल र व्यक्तिगत विषयमा सयौं प्रश्न सोधेका थिए । उनले सेलेक्टेड प्रश्नको मात्रै जवाफ दिइन् ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री