मंगलबार, १८ वैशाख २०८१

गोंगबु–सिनामंगल रुटमा टेम्पो र माइक्रो हटाइदै, शुक्रबारदेखि ठूला बस चल्ने

समयपोष्ट २०७५ साउन २१ गते ९:००

गोंगबु–सिनामंगल रुटमा ठूला सवारी साधन चल्ने भएका छन् । शुक्रबारबाट साना टेम्पोलाई हटाएर सो रुटमा दिगो शहरी यातायात प्रालिले १७ वटा ठूला बस संचालन गर्ने भएको हो ।

Advertisement

बस एयरपोर्ट–सिनामंगल–पुरानो बानेश्वर–मैतीदेवी–डिल्ली बजार–रत्नपार्क–लैनचौर–सामाखुसी हुँदै नयाँ बसपार्क पुग्नेछन् । त्यसपछि ती बस नयाँ बसपार्क–गोंगबु– सामाखुसी–गल्कोपाखा– लैनचौर–जमल–कमलपोखरी ज्ञानेश्वर–मैतीदेवी–पुरानो बानेश्वर– सिनामंगल हुँदै एयरपोर्ट पुग्नेछन् ।

कम्पनीले सोही रुटमा बस चलाउने तयारीअनुरुप सोमबार बस गुडाएर जिपिएस लगायत अन्य प्रविधिको परीक्षण गरेको छ । यी बस संचालन भएसँगै सो रुटमा चल्दै आएका टेम्पो तथा माइक्रो बस गरी ६१ वटा अन्यन्त्र स्थानान्तरण गरिएको छ । हाल सिनामंगलदेखि सुन्धारासम्म र नयाँ बसपार्कदेखि सुन्धारासम्म गरी दुई रूटमा टेम्पो र माइक्रो चलिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री