सोमबार, ७ जेठ २०८१

शाहरुखकी छोरी बनिन् म्यागेजिनको कभर गर्ल

समयपोष्ट २०७५ साउन १६ गते १०:४०

शाहरुख खानकी छोरी सुहाना खानलाई करन जोहोरले फिल्ममा डेब्यु गर्दै छन् भन्ने हल्ला थियो । तर फिल्म भन्दा पनि पहिले उनले म्यागेजिनमा डेब्यु गरेकी छिन् । उनले पहिलो स्टनिंग फोटोसुट वोग म्यागेजिनको लागि गरेकी छिन् । वोग म्यागेजिनको उक्त इडिसनलाई शाहरुख आफैले लञ्च गरेका छन् । शाहरुखले उक्त तस्विर ट्विटरमा सेयर गरेका छन्ु । उनले लेखेका छन् पुन एक पटक छोरीलाई आफ्नो हातमा उठाइरहेकोे छु ,थ्यांक्स वोग म्यागेजिन ।

Advertisement

गौरी खानले पनि वोग म्यागेजिनलाई धन्यवाद दिदै छोरकिो फोटो तथा भिडियो सेयर गरेकी छिन् ।

सुहानालाई स्पोर्टस र डान्समा निकै रुचि छ । उनी स्कुलको स्पोर्ट इभेण्टहरुमा भाग लिन छुटाउदिनन् । पिता शाहरुख छोरी चर्चित डान्सर बनेको हेर्न चाहन्छन् । उनी हाल लण्डनमा पढ्दैछिन् ।

सुहाना फिल्म क्षेत्रमा पितालै जस्ते राम्रो करिअर बनाउन चाहन्छिन् । हिरोइन बन्न आतुर भए पनि सुहानाको ‘हिरोइन लुक्स’ भने छैन । उनको अनुहार पिता शाहरुखसँग मिल्छ । कतिले उनलाई केटाजस्तो अनुहार भन्दै आलोचना पनि गर्छन् । यद्यपि, मिडियामा उनको गजबको क्रेज छ । उनका सानासाना गतिविधि पनि भारतीय मिडियाले पछ्याइरहन्छन् ।
सुहानालाई फिल्ममा ल्याउन शाहरुख र उनकी पत्नी गौरी पनि व्यग्र छन् । यद्यपि, उनको पढाई सकिएको छैन । उनी अहिले लन्डनमा स्नातक पढ्दैन् ि। पढाई पूरा नभए पनि राम्रो फिल्मको लागि अफर आएमा खेलाउने मुडमा बाबुआमा छन् ।
शाहरुख र छोरीबीच निकै राम्रो बोन्डिङ छ । उनले छोरीका हरेक चाहना पूरा गरिदिन्छन् । छोरी अहिल्यै लभ अफेयर्समा नपरुन् भन्ने शाहरुखको चाहना छ । केही समय अघि एक अन्तरवार्तामा शाहरुखले आफ्नी छोरीको ओँठमा कुनै पुरुषले किस गरेमा उसको ओठै लुछिदिने बताएका थिए । सुहानासँग डेट गर्न चाहनेले विभिन्न शर्तहरु पालना गर्नुपर्ने उनको भनाई छ । एजेन्सि

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री