मंगलबार, ४ कार्तिक २०८२

एनआईसी एशिया बैंकद्वारा ‘साथी घर कर्जा’ योजना सार्वजनिक, ३ करोडसम्म कर्जा उपलब्ध

समयपोष्ट २०८२ भदौ १५ गते १९:५२

Advertisement

एनआईसी एशिया बैंकले ग्राहकहरूको आवासीय आवश्यकतालाई ध्यानमा राख्दै नयाँ घर कर्जा योजना ‘एनआईसी एशिया साथी घर कर्जा’ सुरु गरेको छ । ‘सपना तपाईंको, साथ हाम्रो’ भन्ने मूल नाराका साथ ल्याइएको यो योजनामा आकर्षक ब्याजदर र अन्य सुविधाहरू समावेश छन् ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले यो कर्जा न्यूनतम ५० लाखदेखि अधिकतम ३ करोड रुपैयाँसम्म उपलब्ध हुने बताए ।

उनका अनुसार यो कर्जा घर वा अपार्टमेन्ट खरिद, निर्माण, पुनर्निर्माण तथा जग्गा खरिदका लागि प्रयोग गर्न सकिनेछ । कर्जाको अवधि अधिकतम २५ वर्षसम्म छ भने सहज प्रक्रियामार्फत यो सुविधा प्रदान गरिनेछ ।

खनियाका अनुसार, पहिलो पटक घर खरिद वा निर्माण गर्ने ग्राहकहरूका लागि कर्जा र धितो सुरक्षण अनुपात अधिकतम ८० प्रतिशत र अन्य ग्राहकहरूका लागि ७० प्रतिशतसम्म कायम गरिएको छ । यस योजनाले ग्राहकहरूको घरको सपना साकार पार्न महत्वपूर्ण सहयोग पुग्ने बैंकको विश्वास छ ।

Advertisement

एनआईसी एशिया बैंकले यसअघि पनि विभिन्न ग्राहककेन्द्रित योजनाहरू ल्याएर बजारमा मजबुत उपस्थिति जनाएको छ । यो नयाँ कर्जा योजनाले आवास क्षेत्रमा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ । थप जानकारीका लागि बैंकका शाखाहरू वा वेबसाइटमा सम्पर्क गर्न सकिनेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री