नेपालका दुई आयोजनाबाट विद्युत खरिदका लागि भारतको अनुमति, ११ सय मेगावाटभन्दा बढी विद्युत निर्यात सुरु

भारत सरकारले हालै नेपालका दुई जलविद्युत आयोजनाबाट उत्पादित ८० मेगावाट विद्युत खरिदका लागि अनुमति प्रदान गरेको छ। यो अनुमतिसँगै नेपालबाट भारततर्फ निर्यात हुने विद्युतको कुल परिमाण ११३०.९ मेगावाट पुगेको छ।
यसअघि नेपालले १०१०.९ मेगावाट विद्युत निर्यातका लागि अनुमति प्राप्त गरेको थियो। पछिल्लो २६ साउनमा भारतले २०० मेगावाटका लागि अनुमति दिएको थियो भने बिहीवार थप ८० मेगावाटका लागि सहमति प्रदान गरेको हो। यो अनुमतिअन्तर्गत मेवा खोला जलविद्युत आयोजनाबाट ४८.५ मेगावाट र करुवा सेती हाइड्रो पावर आयोजनाबाट ३१.०४ मेगावाट विद्युत भारत निर्यात हुनेछ।
नेपाल विद्युत प्राधिकरणका अनुसार यो अनुमति दुईपक्षीय सम्झौताअन्तर्गत मध्यम अवधिका लागि हो, जुन २१ अगस्ट २०२५ देखि ३१ अक्टोबर २०२६ सम्म कायम रहनेछ। भारतको यो सहयोगले नेपालको ऊर्जा क्षेत्रमा ठूलो योगदान पुगेको प्राधिकरणले जनाएको छ।
यसबाहेक, भारतको प्रसारण लाइन प्रयोग गरी नेपालबाट बंगलादेशतर्फ ४० मेगावाट विद्युत निर्यात भइरहेको छ। यो समेत जोड्दा नेपालको कुल विद्युत निर्यात क्षमता ११३०.९ मेगावाट पुगेको छ।



























प्रतिक्रिया