शुक्रबार, ३१ असोज २०८२

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष 3X अफर

समयपोष्ट २०८२ भदौ ४ गते १७:३७

Advertisement

नाडा अटो शो २०२५ मा सेरेसले ग्राहकहरूलाई आकर्षित गर्न विशेष 3X अफर ल्याएको छ। यो सीमित अवधिको अफर प्रदर्शनी अवधिभर मात्र मान्य हुनेछ र सेरेस गाडीको खरिदलाई सजिलो, किफायती र लाभदायी बनाउन डिजाइन गरिएको छ।

कम्पनीका अनुसार यो अफरले ग्राहकहरूलाई तीनवटा प्रमुख फाइदा प्रदान गर्छ। पहिलो, तीन वर्षको पूर्ण बीमा कभरेजले स्वामित्वलाई झन्झटमुक्त र सुरक्षित बनाउँछ। दोस्रो, तीन गुणासम्मको नगद छुटले गाडी खरिदलाई किफायती बनाउँछ। तेस्रो, बुकिङ रकममा तीन गुणा फाइदाले खरिद प्रक्रियालाई थप आकर्षक बनाउँछ। यो अफरमार्फत ग्राहकले अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ प्राप्त गर्न सक्फ्नेछन्।

सेरेसले यो अफर नाडा अटो शो २०२५ को अवसरमा मात्र उपलब्ध रहेको जनाउँदै ग्राहकहरूलाई यो अवसर नछुटाउन अनुरोध गरेको छ।

शोमा सेरेसले आफ्नो स्टलमा सेरेस 3 ईभी (इलेक्ट्रिक भेहिकल) प्रदर्शन गरेको छ। कम्पनीका अनुसार यो नयाँ एसयुभी आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनको संयोजन हो। आजका चालकहरूको आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएको सेरेस 3 ईभी भविष्यको ड्राइभिङ अनुभवको प्रतीक भएको कम्पनीको दाबी छ।

Advertisement

यसअघि सेरेसले कोरालापास हुँदै ४,६६० मिटरको उँचाइमा अवस्थित लोमान्थाङसम्मको यात्रा सफलतापूर्वक सम्पन्न गरेर नेपालको पहिलो ईभीको रूपमा कीर्तिमान कायम गरेको थियो। यो उपलब्धिले सेरेस नेपालको जटिल भौगोलिक अवस्थाहरूका लागि उपयुक्त र भरपर्दो सवारी साधन भएको प्रमाणित गरेको कम्पनीले जनाएको छ।

नाडा अटो शो २०२५ मा सेरेसको 3X अफर र सेरेस 3 ईभीको प्रदर्शनले आगन्तुकहरूको ध्यान खिच्ने अपेक्षा गरिएको छ। यो अवसरको लाभ लिन र सेरेसको नवीन प्रविधिको अनुभव गर्न कम्पनीले शोमा आफ्नो स्टल भ्रमण गर्न सबैलाई निम्तो दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री