शुक्रबार, ३१ असोज २०८२

“नाडा अटो शो २०२५” मा यस्ता छन् फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

समयपोष्ट २०८२ भदौ ३ गते ९:४८

Advertisement

आजदेखि भदाै ८ गतेसम्म काठमाडौँको भृकुटीमण्डप परिसरमा १७औँ संस्करणको नाडा अटो शो २०२५ आयोजना हुँदै छ । सो अवसरमा फोटोन टुनल्यान्ड, माउन्टेन ईभी भ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिनसम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्। यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन्। चारै मोडेलहरूमा आकर्षक छुट दिइएको कम्पनीले जनाएको छ। जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनी मै सार्वजनिक हुने कम्पनीको भनाइ छ। टीएम१ को मूल्य ३३ लाख ७४ हजारबाट घटाएर २६ लाख ९९ हजार गरिएको छ। त्यस्तै, माउन्टेन ईभी र सोकोन ईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्। फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा या त अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्ने कम्पनीले जनाएको छ। नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोन ईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टी प्राप्त हुनेछ। साथै, खरिद प्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसले गर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडी लिन सक्ने छन्। यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्ड पिकअप किन्नेलाई ट्राङ्क्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको रु. २५,००० को शपिंग कुपन, साथै ३ वर्षसम्म पार्ट्स सहितको प्रिभेन्टिभ मेन्टेनेन्स सर्भिस र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ। माउन्टेन ईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म नि:शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोन ईभी भ्यानले पनि हरेक खरिदमा आकर्षक छुट सँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ। यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्। नाडा अटोशो २०२५ मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम् स्टल जे६ मा सोकोन ईभी भ्यानको अवलोकन गर्न अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री